समाचार
दुर्घटनामा परेर दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु...
प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न उजुरी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् । प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र...
शिक्षा मन्त्रालयद्वारा लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी
काठमाडौँ । विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कनमा एकरुपता कायम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरेको छ । सो निर्देशिका अनुसार अब कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको एउटै विधिका आधारमा मूल्याङ्कन हुनेछ । निर्देशिकाअनुसार अब एउटा कक्षा पास गरेर अर्को कक्षामा जान विद्यार्थीहरुले न्यूनतम...
सिके राउतका कार्यकर्ताद्वारा सवारी तोडफोड
सिराहा । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको भन्दै उनीहरुले आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । प्रहरीका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार–पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको बताइएको छ । चार–पाँच वटा...
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा एसपीको कमाण्डमा सुरक्षा व्यवस्था
काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । राष्ट्रिय महाधिवेशनको सुरक्षार्थ एसपीको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि ३५० भन्दा बढी प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन् । यसैगरी...
गृहमन्त्री खाँणले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिको विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रीको अध्यक्षतामा बैठक अपराह्न ३ बजे बस्ने जनाइएको छ । बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल...
सिर्जनशीलको साधारणसभामा पत्रकार र शेयर सदस्य सम्मानित
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ कालिखोलामा रहेको सिर्जनशील समाज बचत तथा ऋण सहकारी सस्था लिमिटेडको शनिवार १५ औ बार्षिक साधारणसभा भएको छ । सभामा सस्थाका उपाध्यक्ष इन्द्रप्रसाद चौलागाईंले सस्थागत प्रतिवेदन , कोषाध्यक्ष माधब प्रसाद चौलागाँईले आर्थिक प्रतिवेदन , लेखा संयोजक शिबराम फुयालले लेखा समिती प्रतिवेदन र लक्षमण भट्टराईले...
माओवादीको राष्ट्रिय सम्मेलनमा केपी ओली सहभागी नहुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । ओलीले आफू झापामा भएकाले महाधिवेशनमा सहभागी हुन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर, ओलीले आफू आउन नसक्ने र...
माओवादीको राष्ट्रिय सम्मेलन : उद्घाटन सत्रमा प्रमुख राजनीतिक दललाई निम्तो
मकवानपुर । नेकपा (माओवादी केन्द्र) ले आज (आइतबार) देखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटनमा सत्रमा देशमा प्रमुख राजनीतिक दलहरुलाई बोलाइएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमालेसहित प्रमुख राजनीतिक दलहरुलाई निम्ता गरिएको जानकारी दिए । उनका अनुसार, यसअघि दिउँसो १ बजे सुरु गर्ने...
नियमित सन्ध्यामा अनिल र स्वस्तिकाले गरे कविता वाचन
मकवानपुर । साहित्य संगम मकवानपुरले शनिबार अनिल कोइराला र स्वस्तिका दाहालको संयुक्त कविता वाचन कार्यक्रम आयोजना गरेको छ । ३१४ औं नियमित सन्ध्यासँगै अनिल र स्वस्तिकाको संयुक्त रचना वाचन कार्यक्रम आयोजना गरेको हो । अनिलले गद्य, स्वस्तिकाको छन्द कविता प्रस्तुत गरेका थिए । अनिलले ‘मृत परदेशीको आवाज’, प्यासी कुवा...










