नियमित सन्ध्यामा अनिल र स्वस्तिकाले गरे कविता वाचन

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार ०९:५४

मकवानपुर । साहित्य संगम मकवानपुरले शनिबार अनिल कोइराला र स्वस्तिका दाहालको संयुक्त कविता वाचन कार्यक्रम आयोजना गरेको छ । ३१४ औं नियमित सन्ध्यासँगै अनिल र स्वस्तिकाको संयुक्त रचना वाचन कार्यक्रम आयोजना गरेको हो । अनिलले गद्य, स्वस्तिकाको छन्द कविता प्रस्तुत गरेका थिए ।

अनिलले ‘मृत परदेशीको आवाज’, प्यासी कुवा र ‘मान्छे नामको जिनिस’ शीर्षकका कविता वाचन गर्नुभयो भने स्वस्तिकाले वेदना, सार्थक भावना र धर्ती छ हृदय शीर्षकका कविता वाचन गरेका थिए । यस्तै, ‘स्वस्तिकाले वेदना’, ‘सार्थक भावना’ र ‘धर्ती छ हृदय’ शिर्षकमा कविता वाचन गरेकी थिइन् । अनिल र स्वस्तिकाको प्रस्तुतीमा नेपाली भाषाका शिक्षक एवम् झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष विश्वनाथ सञ्जेलले टिप्पणी गरेका थिए । सञ्जेलले कवितामा शब्द मात्रै नभई भाव हुनुपर्ने बताए ।

कार्यक्रम साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष एवम् बुढ्यौली साहित्य समाजका संयोजक आरसी रिजालको पनि उपस्थिति रहेको थियो ।