सिर्जनशीलको साधारणसभामा पत्रकार र शेयर सदस्य सम्मानित

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार १३:१३

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ कालिखोलामा रहेको सिर्जनशील समाज बचत तथा ऋण सहकारी सस्था लिमिटेडको शनिवार १५ औ बार्षिक साधारणसभा भएको छ । सभामा सस्थाका उपाध्यक्ष इन्द्रप्रसाद चौलागाईंले सस्थागत प्रतिवेदन , कोषाध्यक्ष माधब प्रसाद चौलागाँईले आर्थिक प्रतिवेदन , लेखा संयोजक शिबराम फुयालले लेखा समिती प्रतिवेदन र लक्षमण भट्टराईले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई विभिन्न पुरस्कार प्रदान गर्नुको साथै सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका शेयर सस्दय एवम् पत्रकार मनोज देवकोटालाई लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशील रहेर संस्थाको विभिन्न गतिविधिहरु समाचारको रुपमा सम्प्रेषण गरेको भन्दै सम्मान गरिएको थियो । त्यस्तै अधिक बाल बचतकर्ता अभय पुडासैनी, अधिक मासिक बचतकर्ता राजु श्रेष्ठ , अधिक ऎच्छिक बचत कर्ता मानसरोवर चौलागाईं, असली ऋणि रविना गुरुङ , उद्यमशील ऋणि लालबहादुर लोप्चन, जेष्ठ नागरिक सदस्य शिवकुमार खतिवडा , एसईई परिक्षमा उत्कृष्ट नतिजा ल्याउन सफल निलम पाख्रिनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्था उपाध्यक्ष इन्द्रप्रसाद चौलागाँईको सभाअध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना र जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष बिष्णुमाया लामाको विशेश आतिथ्यता रहेको थियो । कार्यक्रममा मनकामना दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दहाल , हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष जानुका दाहाल, कालिदेवी दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटालगायतको आतिथ्यता रहेको थियो ।