गृहमन्त्री खाँणले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिको विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रीको अध्यक्षतामा बैठक अपराह्न ३ बजे बस्ने जनाइएको
छ ।
बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।
