समाचार

लेखापढी कानून व्यवसायी एसोसिएसन मकवानपुरको अध्यक्षमा बजगाँई

मकवानपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति मकवानपुरको अध्यक्षमा पदमबहादुर बजगाँई चयन भएका छन् । एसोसिएसनको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले बजगाँईलाई अध्यक्षमा चयन गरेको निर्वाचन समितिका संयोजक प्रकाश थोकरले जानकारी दिए । बिहिबार, शुक्रबार र शनिबार तीन दिन भएको साधारण सभा र अधिवेशनले बजगाँईको...

मकवानपुरका पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भत्ता प्रदान गरिने भएको छ । संगठनको शनिबार बसेको बैठकले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले जानकारी...

यो साता देशभर अझै चिसो बढ्ने

मकवानपुर । यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साताको सुरुमा देशको उच्च पहाडी तथा...

एमसीसीबारे पुस १७ पछि निर्णय हुने

काठमाडौं । सत्ता गठबन्धनका नेता प्रचण्डले राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गतेपछि मात्रै निर्णय हुने बताएका छन् । एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने भन्दै उनले तीन सदस्यीय कार्यदलको बैठक पुस १७ गते बस्ने र त्यसले...

भारतका बालबालिकालाई ३ जनवरीदेखि कोरोना खोप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन् । यो समूहलाई नयाँ वर्ष २०२२ को जनवरी ३ तारिखदेखि खोप दिइने भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए । साथै उनले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज...

राष्ट्रियसभा निर्वाचन : १२ राजनीतिक दल दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि १२ वटा राजनीतिक दल दर्ता भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । उक्त निर्वाचनमा ९ राजनीतिक दलले सबै प्रदेशमा र ९ राजनीतिक दलले कुनै...

माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो । सम्मेलनलाई माओवादीले ८ औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको...

पत्रकार जी न्यौपाने राष्ट्रपति भण्डारीबाट सम्मानित

हेटौडा । मकवानपुरमा रहेर दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील जी न्यौपाने आज विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् । राष्ट्रिय ख्रिष्टियन महासंघले आयोजना गरेको कार्यक्रममा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको लागि राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो । महासंघले आयोजना गरेको कार्यक्रममा अन्य क्षेत्रबाट थप नौ जना...

आज ४५०० उडान रद्ध

काठमाडौं । विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने...

थप १६७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ पीसीआर परीक्षणमा १५७ जना र २ हजार १६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना...