आक्रमणमा परेर म्यानमारमा ३० जनाको मृत्यु
काठमाडौं । म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ । मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार ह्याप्रुसो शहरमा सेनाले गरेको हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको हो । यसैबीच, बेलायतको च्यारिटी संस्था सेभ द चिल्ड्रेनले आक्रमणपछि आफ्ना २ जना कर्मचारी हराइरहेको बताएको छ ।
शनिबार म्यानमारको सेनाले कारमा सवार मानिसलाई जबर्जस्ती बाहिर निकालेको, केहीलाई पक्राउ गरेको र केही मानिसको हत्या गरी शव जलाएको सेभ द चिल्ड्रेनको भनाइ छ । सेनाको आक्रमणमा परी ज्यान गुमाउनेमा वृद्धवृद्धा, महिला र बालबालिकासमेत रहेको बीबीसीले जनाएको छ ।
यसैबीच, म्यानमारको सरकारी माध्यमले सेनालाई उदृत गर्दै आक्रमणमा ‘हतियारधारी आतंककारीहरू’ मारिएको दाबी गरेको छ । ७ वटा सवारी साधनमा सवार आतंककारीहरूलाई सेनाले रोक्न भनेको तर नरोकेपछि आक्रमण गरिएको सरकारी समाचारमा उल्लेख छ ।बीबीसीबाट
