लोकतन्त्रलाई बचाउन गठबन्धन सरकार गठन : मन्त्री खतिवडा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । उनले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।
करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक–पटक प्रतिनिधिसभा विघटन ढाकछोप गर्न अहिले संसद्मा अवरोध गरिरहेको उनको भनाइ छ । एमालेले नीति निर्माण गर्नुपर्ने जनप्रतिनिधिमूलक थलो संसदमा गतिरोध उत्पन्न गरी भत्तालगायत अन्य सुविधा लिने गरेको जिकिर गरे ।
