प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

तु खबर संवाददाता
२०७८ पुष १२, सोमबार १४:५२
file-photo

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ ।

माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरिएको छ भने कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।