मकवानपुरमा ई–पासपोर्टको लागि बुधबार र बिहिबार आवेदन खुला

तु खबर संवाददाता
२०७८ पुष १३, मंगलवार १०:१३

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी (ई–पासपोट) अनलाइन आवेदन दिनको लागि खुला गरेको छ । बुधबार र बिहिबार यी पासपोर्टको लागि आवेदन दिन सक्ने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । जल्ला प्रशासन कार्यालयका अनुसार, बुधबारको लागि २५ जना र बिहिबारको लागि १६ जनाले मात्रै ई–पासपोटका लागि आवेदन दिनसक्नेछ ।

मकवानपुरमा गत हप्तादेखि विद्युतीय राहदानीको लागि आवेदन खुला भएको हो । राहदानी विभागले भने मंसिर १ गतेबाट विद्युतीय राहदानी सेवा सुरु गरेको थियो । विद्युतीय राहदानी बनाउन प्रत्यक्ष दर्ता गर्न आवश्यक रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । राहदानी बनाउन इच्छुक नागरिकले अनलाइनबाट फारम भनेर समय समेत लिएर जिल्ला प्रशासन कार्यालयमा फोेटो खिच्न जानुपर्ने व्यवस्था छ ।