आज हेटौंडाका सबै विद्यालय बन्द
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रहेको विद्यालयहरु आज (बुधबार) बन्द हुने भएको छ । उपमहानगरपालिका अन्तरगतको शिक्षा विकास महाशाखाले सूचना जारी गरी आज उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालय बन्द हुने जानकारी गराएको हो ।
जारी सूचनामा तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै नगर प्रमुखको आदेश अनुसार विद्यालय बन्द गर्न भनिएको छ । हेटौंडामा मंगलबार रातिदेखि नै वर्षा भईरहेको छ । यस्तै, जिल्लाको थाहानगरपालिका अन्तरगत पर्ने सिमभञ्ज्याङ, दामन र अघोरमा वर्षासँगै बाक्लो हितपात परेको छ ।

