अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७८ पुष १५, बिहीबार ०९:५३

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको निसास्सिएर ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराई रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार, अन्य तीन जनाको उपचार भइरहेको छ ।