समाचार

महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार उक्त कार्यक्रमको आयोजना गरेको हो । मन्त्रालयका सचिव श्रीकृष्ण नेपालको सभाध्यक्षमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख...

हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज (मंगलबार) दिउँसो हेटौंडाबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना २९ प ९१२५ नम्वरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १५४६ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

मकवानपुरका महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण

मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको छ । सञ्चारिका समूह मकवानपुरले मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी महिला पत्रकारहरुका लागि प्याड वितरण शुभारम्भ गरेको हो । कार्यक्रम समूहका अध्यक्ष सम्झना रिजालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर...

हेटौंडामा खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न

मकवानपुर । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार हेटौंडामा खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा१ किलो मिटर महिला खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको हो । हेटौंडा–४ हुप्राचौरको उत्तरगेटबाट शुरु भएको दौड शितलमहल चोक, पुर्वीगेट हुँदै पुनः खेल...

दुर्घटनामा परेर पत्रकार मगरको मृत्यु

सिन्धुली । सिन्धुलीका पत्रकार अञ्जन राना मगरको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । सोमबार जिल्लाको सदरमुकामबाट खुर्कोटतर्फ जाँदै गरेको मोटरसाइकल कमलामाई नगरपालिका वडा नम्वर २ स्थित भद्रकाली ढुंगेभञ्ज्याङ्मा दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, राना मगर सवार मोटरसाइकल ओभरस्पीडका...

हेटौंडामा मनाइयो ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस

मकवानपुर । हेटौंडामा आज (मंगलबार) ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरुले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ र्याली कार्यक्रमको आयोजना गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौंडाले जनाएको...

हेटौंडा आउँदै गरेको बोलेरो दुर्घटना, चालकको अवस्था गम्भीर

मकवानपुर । हेटौंडा काठमाण्डौ जोड्ने छोटो दुरीको सडकखण्ड अन्तरगत इन्द्रसरोवर गाउँपालिकास्थित सडकमा बोलेरो गाडी दुर्घटना भएको छ । मंगलबार बिहान काठमाण्डौबाट हेटौंडा आउँदै गरेको प्र–०३–०१–२४ च ६१८५ नम्बरको बोलेरो इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ हेभी भन्ने ठाउँमा अनियन्त्रित भएर सडकबाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएको...

हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट २ जना आकाँक्षी

मकवानपुर । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि जिल्ला र केन्द्रसम्मै लभिङ गरिरहेका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको र...

यस्तो रहनेछ आज मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भु–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुत्केरीलाई पौष्टिक आहार वितरण

मकवानपुर । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ हेटौंडा उपमहानगरपालिका कमिटीले हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरेको छ । महिला संघ हेटौंडाले ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालका सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरेको...