दुर्घटनामा परेर पत्रकार मगरको मृत्यु
सिन्धुली । सिन्धुलीका पत्रकार अञ्जन राना मगरको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । सोमबार जिल्लाको सदरमुकामबाट खुर्कोटतर्फ जाँदै गरेको मोटरसाइकल कमलामाई नगरपालिका वडा नम्वर २ स्थित भद्रकाली ढुंगेभञ्ज्याङ्मा दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, राना मगर सवार मोटरसाइकल ओभरस्पीडका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त मोटरसाइकल सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो । उनी सिन्धुलीको रेडियो सिद्धबाबा र प्राइम टेलिभिजन सिन्धुली जिल्ला संवाददाता थिए ।
