अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुत्केरीलाई पौष्टिक आहार वितरण

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १०:०६

मकवानपुर । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ हेटौंडा उपमहानगरपालिका कमिटीले हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरेको छ ।

महिला संघ हेटौंडाले ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालका सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरेको हो । पौष्टिक आहार वितरण कार्यक्रम बागमती प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

अनेमसंघ नगर कमिटीका अध्यक्ष रन्जिता शिलवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, अनेम संघका केन्द्र, प्रदेश, जिल्ला तथा नगर कमिटीका प्रतिनिधिहरु मेनका दाहाल, जुना दाहाल, मिना अर्याल, सुमित्रा काफ्ले, साधना श्रेष्ठ, यसोदा उप्रेती, अन्जु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।