समाचार

मकवानपुरमा जारी प्रतिबन्धात्मक आदेश हटाइयो

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जारी गरेको प्रतिबन्धात्मक आदेश हटाएको छ । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले आगामी दिनमा कोभिड–१९ को संक्रमण फैलिन...

उपसभामुख तामाङले दिइन् ११२ औं महिला दिवसको शुभकामना

मकवानपुर । बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देश तथा विदेशमा रहेका नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्दिका लागि शुभकामना व्यक्त गरेकी छन् । उपसभामुख तामाङले मंगलबार  शुभकामना सन्देश जारी गर्दै महिला दिवसको शुभकामना व्यक्त गरेकी हुन् । उपसभामुख तामाङले लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक...

बागमती प्रदेश प्रमुख शर्माद्वारा महिला दिवसको शुभकामना

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले मंगलबार विज्ञप्तिमार्फत ‘‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’’ भन्ने नारासहित विश्वभर मनाइदै गरिएको नारी दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्दिका लागि...

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार भुपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार, तीव्र गतिमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शाहीको मृत्यु भएको...

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं । आज विश्वभ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरेको महिला दिवस आज मनाउने भएको हो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको...

हेटौंडामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण निति विषयक कार्यक्रम

मकवानपुर । मकवानपुरको हेटौंडामा आज लैङ्गिक समानता, सामाजिक समावेशीकरण निति विषयक एक दिवसीय कार्यक्रम भएको छ । उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडा र मानव अधिकार तथा लैङ्गिक न्यूनिकरण, जिल्ला संजाल मकवानपुरको संयुक्त आयोजनामा भएको हो । ११२ औं अन्तरािष्ट्रय महिला दिवसको अवसरमा आयोजित...

बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका–८ बारा घर भई काठमाडौको महाराजगञ्ज बस्ने ५३ वर्षीय राम एकवाल चौधरी रहेका छन् । चौधरीलाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उच्च अदालत ललितपुरले...

कांग्रेसले एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पठाउने

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट ब्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तक पुर्याउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको छ । उनले स्थानीय तहको...

देशभर ८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ८ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार १ सय ४५ पीसीआर...

एकै परिवारका ५ जनाको मृत्यु

ललितपुर । ललितपुरमा आज (सोमबार) एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुस्थित दुई दिने शिशुसहित ५ जनाको मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीया काँइली स्याङ्तान, २४ वर्षीया शुष्मा स्याङ्तान, ९ वर्षीय आशिष स्याङतान, ७ वर्षीय आष्मा स्याङ्तान र...