उपसभामुख तामाङले दिइन् ११२ औं महिला दिवसको शुभकामना

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार ०९:२१
फाईल फोटो

मकवानपुर । बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देश तथा विदेशमा रहेका नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्दिका लागि शुभकामना व्यक्त गरेकी छन् । उपसभामुख तामाङले मंगलबार  शुभकामना सन्देश जारी गर्दै महिला दिवसको शुभकामना व्यक्त गरेकी हुन् ।

उपसभामुख तामाङले लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानूनको कार्यान्वयनमा जटिलताहरु कायमै रहेको बताउँदै ती जटिलताहरुको निराकरण, सोच र जीवन व्यवहारमा परिवर्तनका लागि सबै एकजुट हुनुपर्ने बताइन् ।

उनले विवेकशील र अग्र चेतना भएका मानवले नै आफ्नो समाज र सभ्यतालाई सुसंस्कृत र समृद्ध बनाउने बताउँदै यसका लागि सबैलाई जिम्मेवार भएर लागि पर्न महिला दिवसले थप प्रेरणा मिल्ने आशा लिएको बताइन् ।

हेर्नुहोस् विज्ञप्ति ।