बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका–८ बारा घर भई काठमाडौको महाराजगञ्ज बस्ने ५३ वर्षीय राम एकवाल चौधरी रहेका छन् ।
चौधरीलाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उच्च अदालत ललितपुरले २०७७ फागुन २१ गते ८ लाख ७५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
आइतबार पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले जनाएको छ ।
