समाचार
महिला एकता सहकारीका २० सदस्य पुरस्कृत
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेस्थित महिला एकता बचत तथा ऋण सहकारी संस्थाले २० जना सदस्यलाई पुरस्कृत गरेको छ । सहकारीले मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी सहकारीमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा सानुमाया खड्का,...
माओवादी केन्द्रको बागमती प्रदेश भेला आज हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला आज (बुधबार) हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषद्को विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो । भेलाको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी...
आज मौसम सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ । यस्तै, दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...
लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रभाष प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गाउँपालिका –१ का २१ वर्षीय नितेश घर्ती मगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटबलतर्फ जाँदै गरेको ध २ प ३६९४ नम्वरको...
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
दाङ । दाङमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लमहीबाट भालुबाङ् जाँदै गरेको रा ६ प ६८४९ नम्वरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा १० च २५८१ नम्वरको कार लमही–३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एकापसमा ठोक्किए दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । बैठक बबरमहलस्थित कार्की ब्याङुकवेटमा बिहान ११ बजे सुरु हुने समाजवादीका एक नेताले जानकारी दिए । उनका अनुसार, दुई दिनसम्म संचालन हुने बैठकमा अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने...
हेटौंडामा ‘पाथीभरा महोत्सव एवम् कोटीहोम महायज्ञ’ हुने
मकवानपुर । हेटौंडा १ भैरवडाँडा स्थित धार्मिक पयर्टकीय स्थल पाथीभरा मन्दिरमा ‘पाथीभरा महोत्सव एवम् कोटिहोम महायज्ञ’ हुने भएको छ । यही फागुन २६ गते बिहिबार अष्टमी देखि पाथीभरा मन्दिरमा हुने कोटीहोम महायज्ञको तयारी अन्तिम अवस्थामा पुगेको पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ । आज मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना...
हेटौंडा उपमहानगरको मेयरमा कांग्रेस नेता दाहालको उम्मेदवारी घोषणा
मकवानपुर । सरकारले स्थानीय निर्वाचनको मिति तय गरेसँगै मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि जिल्ला र केन्द्रसम्मै लभिङ गरिरहेका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको र...
थप १९४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
इन्जिनियर्स एसोसिएसन निर्वाचनः हेटौंडाका चार जनाले दिए उम्मेदवारी
मकवानपुर । हेटौंडाका चार जना इन्जिनियरले नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति र दोस्रो बागमती प्रदेश समितिको निर्वाचनमा उम्मेदवारी दिएका छन् । हेटौंडा घर भई सरकारी तथा निजी क्षेत्रमा काम गर्दै आएका चार जनाले केन्द्रीय कार्यकारिणी समिति सदस्य, बागमती प्रदेश अध्यक्ष र प्रदेश सदस्यमा उम्मेदबारी दिएका हुन्...










