लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रभाष प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गाउँपालिका –१ का २१ वर्षीय नितेश घर्ती मगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ ।
पाल्पाबाट बुटबलतर्फ जाँदै गरेको ध २ प ३६९४ नम्वरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडी सवार श्रीषले लुकाइछिपाइ ल्याएको लागूऔषध नुफ्रिन ३, एम्पुलडाइजेपाम २, पे्रथोजिम ३ एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज २ थान बरामद भएपनि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध १ प १०४९ नम्वरको मोटरसाइकल जाँच गर्दा पुनसँग लागूऔषध डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल बरामद भएपछि निजलाई पक्राउ गरेको हो । दुबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
