समाचार
संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु
काठमाडौं । संखुवासभामा आज (बिहीबार) बिहान बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बिहान साढे ७ बजेतिर भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका वडा नं. ६...
कर्मचारी परिषद्को केन्द्रीय सदस्यमा मकवानपुरका दाहाल
मकवानपुर । नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रीय सदस्यमा मकवानपुरका बालकृष्ण दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार लुम्बिनी प्रदेशको राजधानी बुटवलमा सम्पन्न परिषद्को छैठौं महाधिवेशनबाटकेन्द्रीय समिति सदस्यमा दाहाल सर्वसम्मत निर्वाचित भएका हुन् । दाहाल हेटौंडा–४ स्थित भुटनदेवी माविका लेखापाल हुन् । महाधिवेशनबाट रुपन्देहीका गंगाराम तिवारीको अध्यक्षतामा ४...
एमाले मकवानपुर जिल्ला कमिटीमा २८ जना मनोनित
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुर जिल्ला कमिटीमा २७ जना मनोनित भएका छन् । कमिटीको बुधबार बसेको बैठकले प्रौढ, युवा, खेलाडी, विद्यार्थी, महिला, जनजाति, जनवर्गीय संगठनलगायत विभिन्न क्षेत्रबाट समेट्ने गरी २८ जना सदस्य मनोनित गरेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । जिल्ला कमिटी सदस्यमा मनोनित हुनेहरुमा...
नेकपा माओवादी मकवानपुरको इन्चार्जमा मोक्तान
मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान नेकपा माओवादी केन्द्र मकवानपुरको इञ्चार्जमा चयन भएकी छन् । बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले मोक्तानलाई मकवानपुरको इञ्चार्जमा चयन गरेको हो । केन्द्रीय कमिटीको बैठकले मकवानपुरसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा इञ्चार्ज तोकेको छ । माओवादी केन्द्रीय सदस्यसमेत रहेकी...
हेटौंडामा एक महिलाको सिक्री लुटपाट
मकवानपुर । हेटौंडामा एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट भएको छ । बुधबार दिउँसो हेटौंडा उपमहानपरपालिका वडा नम्वर ५ पिप्लेकुना मास्टरचोकमा पैदली हिडिरहेकी एक महिलाको सिक्री लुटपाट भएको प्रहरीले जनाएको छ । दिउँसो मोटरसाइकलमा आएका दुई जनाले सिक्री लुटेर भागेको जनाइएको छ । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी...
हेटौंडाको मेयरमा कांग्रेस सचिव महतको दावी
मकवानपुर । आगामी बैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट भीमसेन मतहले उम्मेदवारी दावी गरेका छन् । हालै सम्पन्न कांग्रेस मकवानपुरको अधिवेशनबाट सचिव पदमा सर्वाधिक मतसहित निर्वाचित भएका महतले हेटौंडाको मेयरमा दावी गरेका हुन् । वैचारिक राजनीतिबाट पनि देश र...
सिविन मकवानपुरद्वारा विद्यार्थीलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित शंकर ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्नसहित शैक्षिक सामाग्री सहयोग गरिएको छ । हेटौंडा—२ स्थित रहेको बाल हेल्पलाइन मकवानपुर (सिविन) ले उक्त विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई खाद्यान्नसहित शैक्षिक सामाग्री सहयोग गरेको हो । २ जना बालक र ३ जना बालिका...
हेटौंडामा राजश्व प्रवर्द्धनको लागि घुम्ती शिविर
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा आज (बुधबार) राजश्व प्रवर्द्धनका लागि व्यवसाय दर्ता/नविकरण घुम्ती शिविर संचालन गरिएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको हो । उक्त कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् । मेयर महतले राजश्व सम्बन्धी दर्ता तथा नविकरण लगायतका काम वडा...
कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अभियान संचालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै यही फागुन २९ गतेदेखि ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान संचालन गर्ने भएको छ । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिइएको हो । अभियान फागुन २९ गतेदेखि चैत्र २९ सम्म १ महिना संचालन हुने कँंग्रेसले जनाएको...
अमेरिकाका लागि नेपाली राजदूत खत्रीले लिए शपथ
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । खत्रीले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उक्त समारोहमा सञ्चार तथा सुचना प्रविधिमन्त्री...










