एमाले मकवानपुर जिल्ला कमिटीमा २८ जना मनोनित

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार ०९:०१
file-photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुर जिल्ला कमिटीमा २७ जना मनोनित भएका छन् । कमिटीको बुधबार बसेको बैठकले प्रौढ, युवा, खेलाडी, विद्यार्थी, महिला, जनजाति, जनवर्गीय संगठनलगायत विभिन्न क्षेत्रबाट समेट्ने गरी २८ जना सदस्य मनोनित गरेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

जिल्ला कमिटी सदस्यमा मनोनित हुनेहरुमा क्रमशः सन्तोष चौलागाई, धरमबहादुर लामा, सुधीर थापा, सुवोध रिमाल, विष्णु चौलागाई, राजन दंगाल, शुभराज थिङ, जगन्नाथ पाण्डे, ईश्वर मैनाली, शिवहरी दाहाल, सन्तोष पौडेल, सुरेन्द्र विष्ट, नरेन्द्र लाल रिजाल, शालिकराम ढकाल, बखतलाल चेपाङ, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमारबहादुर केसी, विमला बर्तौला, सरिता परियार लगायत मनोनित भएको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस्तै, सो बैठकले १३० जनालाई सल्लाहकार चयन गरेको छ । ७० वर्षभन्दा बढी उमेरका पार्टीका नेताहरुलाई सम्मान गर्ने गरी ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको कार्यक्षेत्र विभाजन गरिएको जनाइएको छ ।