कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अभियान संचालन गर्ने

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १७:३२

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै यही फागुन २९ गतेदेखि ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान संचालन गर्ने भएको छ । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिइएको हो ।

अभियान फागुन २९ गतेदेखि चैत्र २९ सम्म १ महिना संचालन हुने कँंग्रेसले जनाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जाने जानकारी दिए ।