नेकपा माओवादी मकवानपुरको इन्चार्जमा मोक्तान

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार ०८:२८
file-photo

मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान नेकपा माओवादी केन्द्र मकवानपुरको इञ्चार्जमा चयन भएकी छन् । बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले मोक्तानलाई मकवानपुरको इञ्चार्जमा चयन गरेको हो ।

केन्द्रीय कमिटीको बैठकले मकवानपुरसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा इञ्चार्ज तोकेको छ । माओवादी केन्द्रीय सदस्यसमेत रहेकी मोक्तान यसअघि पनि मकवानपुर इञ्चार्ज थिइन् । काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको जिल्ला कमिटीलाई समन्वय समितिको रुपमा रहने प्रावधान बनाएको छ ।