समाचार

२०७९ सालमा शनिबार बाहेक ४३ दिन सार्वजनिक विदा

मकवानपुुर । आगामी वर्ष २०७९ सालमा ४३ दिन सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालमा शनिबार बाहेक ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आगामी वर्ष ५२ दिन शनिबार परेको छ । हेर्नुहोस् सूची ।  

आजको मौसम : पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । यस्तै, आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार तय भएको भन्सार एजेन्टको परीक्षा चैत ६ गतेसम्मका लागि स्थगित गर्न आदेश दिएको हो । भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको...

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज (शुक्रबार) छलफल गर्दैछ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । बिहान ११ः३० बजेका लागि बोलाइएको स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी...

कांग्रेसले आगामी चैत्र ७ गते हेटौंडामा प्रदेश कार्यालय उद्घाटन गर्ने

मकवानपुर । नेपाली कांग्रेस बागमतीको प्रदेश कार्यालय यही चैत्र ७ गते हेटौंडामा उद्घाटन गर्ने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए । यस्तै, सो बैठकले आगामी चैत्र ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यहरुलाई...

संखुवासभा बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा आज (बिहीबार) बिहान भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मादी नगरपालिका–५ कि ३० वर्षकी युका पोखरेलको उपचारको क्रममा मृत्यु भएको हो । पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला...

हेटौंडाका स्याङ्बोसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने २१ वर्षीय जलजला स्याङ्बो र बकैया गाउँपालिका वडा नम्वर ७ बस्ने २१ वर्षीय आशिष बोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही घण्टा ढिलो गरी...

पर्यटन मन्त्री श्रेष्ठलाई मातृशोक, कांग्रेसद्वारा दुःख व्यक्त

मकवानपुर । बागमती प्रदेशका संस्कृती तथा पर्यटन मन्त्री एवव् नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी माता रुपदेवी श्रेष्ठको बुधबार उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । रुपदेवी श्रेष्ठको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका नेता...

नेता बानियाँद्वारा कालिदेवी प्राविका विद्यार्थीलाई पोशाक वितरण

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको कालीदेवी प्राविमा अध्ययनरत ६० जना विद्यार्थीलाई आज (बिहीबार) पोशाक वितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवव् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक वितरण...