समाचार

राज्यमन्त्रीद्वारा स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ स्थित कोखारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । करिब ३८ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनको शुक्रबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले एक समारोहबीच उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले सपना...

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेहरुमा इच्छाकामना...

कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार

काठमाडौं । नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणमा भएको मतदानबाट नेता विमलेन्द्र निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् । सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन् । पजियारले १ हजार ७ सय ३५ मत र यादवले १ हजार ४६ मत...

हेटौंडामा एक वर्षमै बन्यो रंगशाला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमै तयार भएको मिनि रंगशालाको उद्घाटन गरिएको छ । पिप्ले युवा क्लबको अगुवाई एवम् हेटौंडा–५ नम्बर वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रंगशाला शुक्रबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन...

मकवानपुरगढीको सबै वडा बालमैत्री घोषणा

मकवानपुर ।  मकवानपुरगढी गाउँपालिकाको सबै वडा बालमैत्री घोषणा भएको छ । आगामी चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने तयारीमा रहेको गाउँपालिकाले शुक्रबार ८ वटै वडामा विभिन्न कार्यक्रम गरी बालमैत्री वडा घोषणा गरेको हो । विभिन्न बालमैत्री सम्बन्धी नारा लगाएर, खैजेडी, गीत प्रस्तुत, नृत्य प्रदर्शन गरी सबै  वडा...

हेटौंडाका २ सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ मा विभिन्न पार्टी परित्याग गरी २ सयभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले हेटौंडा – १६  वडा कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी व्यक्त एमालेमा...

एकीकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपति जनाएको छ । निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो । छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो ।...

‘प्रमुख दलहरुको अदुरदर्शीताको कारण देश संकटको चक्रव्यूहमा फर्स्यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुको अदुरदर्शीताको कारण देश संकटको चक्रव्यूहमा फसेको बताएका छन् । अध्यक्ष थापाले राजधानीमा आयोजित साक्षात्कारमा सो कुरा बताएका हुन् । उनले भने, ‘वाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेको छ । नेपाल विश्व महाशक्तिहरुको रणनीतिक स्थल...

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, तनहुँमा गत ११ फागुनमा एक गायिकाले...

स्रोत नखुलेको करिब १९ लाख रुपैयाँसहित पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको झण्डै १९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण...