मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २८, शनिबार ०९:३५
सांकेतिक तस्वीर

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेहरुमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, इन्छाकामना–३ बस्ने ३० वर्षीय प्रतिभा गुरुङ र उनका छोरी ५ वर्षीय आरोन गुरुङ रहेका छन् । मृतह उनीहरुको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको चितवन प्रहरीले जनाएको छ ।