समाचार
पछिल्लो २४ घण्टामा थपिए ७७ संक्रमित, भए १८१ संक्रमणमुक्त
काठमाडौं । नेपालमा ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गर्दा...
स्थानीय तह निर्वाचन : दुई लाख मतदाता थपिने
काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा २ लाख मतदाता थपिने भएको छ । निर्वाचनमा बैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने भएसँगै मतदाता संख्या २ लाख पुग्ने भएको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा निर्वाचन आयोगले बैशाख २९ गतेसम्म...
मकवानपुरमा २ जना कोरोना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा शुक्रबार २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा १८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा सो अवधिमा १४ जनाको पीसीआर र ४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो...
बकैया कला–साहित्य महोत्सव सुरु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा बकैया कला–साहित्य महोत्सव सुरु भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा हुने दुई दिने साहित्य महोसव आज (शुक्रबार) बाट सुरु भएको हो । झरनाले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा महोत्सवको आयोजना गरेको हो । भोलीसम्म संचालन हुने महोत्सको उद्घाटन बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर...
हेटौंडामा ढाट राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौंडामा ढाट राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी गरेको छ । उपमहानगरपालिकाले ठेक्का प्रणालीबाट हेटौंडाको बसपार्कको बाइपास सडकमा ढाट राखी दस्तुर उठाउँदै आएकाले सो कार्य रोक्न स्थानीयवासी उर्मिला न्यौपानेले रिट दायर गरेकी थिइन् । दस्तुर उठाउने प्रयोजनका लागि वैकल्पिक मार्गबाट सवारी साधनलाई...
काठमाडौंबाट पक्राउ परे हेटौंडाका भुजेल
मकवानपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हेटौंडाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको साविक हटिया गाविस वडा नम्वर ३ परिवर्तित हेटौंडा उपमहानगरपालिका वडा नं.१७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने ३२ वर्षीय मुन्दिप भुजेल रहेका छन् । उच्च अदालत पाटन ललितपुरको मिति २०७८ साल...
आगलागीमा एक वृद्धाको मृत्यु
ताप्लेजुम । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बू रहेका छन् । शुक्रबार बिहान ८ बजे लागेको आगोमा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते...
मकवानपुरमा एक मतदान स्थल सार्ने र एक थप्ने निर्णय
मकवानपुर । स्थानीय तहको निर्वाचका लागि मकवानपुरको एक मतदानस्थल सार्ने र एक मतदान स्थल थपिने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को बासुदेव सभागृहको मतदान स्थल सार्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । बासुदेव सभागृह भत्काएर नयाँ भवन निर्माणको काम भइरहेकाले उक्त मतदानस्थललाई...
रुकुमपूर्वको जंगलमा एक दर्जन बढी सकेट बम भेटियो
दाङ । रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम भेटिएको छ । जिल्लाको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम भेटिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई...
हेटौंडाको एक पसलमा आगलागी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मेनरोडको एक हाडवर्यर पसलमा आगलागी भएको छ । गएराति प्रकाश इलेक्ट्रोनिसे एण्ड हाडवर्यस सप्यायर्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । प्रहरी निरीक्षक सापकोटाका अनुसार, गएराति अन्दाजी १० बजेको समयमा लागेको आगो स्थानीय, प्रहरी र...









