स्थानीय तह निर्वाचन : दुई लाख मतदाता थपिने

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १६:५०

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा २ लाख मतदाता थपिने भएको छ । निर्वाचनमा बैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने भएसँगै मतदाता संख्या २ लाख पुग्ने भएको निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा निर्वाचन आयोगले बैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको मताधिकार सुनिश्चित हुने गरी ‘कट अफ डेट’ निर्धारण गरिएको जानकारी गराएको हो । २०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । त्यसबेला एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए ।