काठमाडौंबाट पक्राउ परे हेटौंडाका भुजेल
मकवानपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हेटौंडाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको साविक हटिया गाविस वडा नम्वर ३ परिवर्तित हेटौंडा उपमहानगरपालिका वडा नं.१७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने ३२ वर्षीय मुन्दिप भुजेल रहेका छन् ।
उच्च अदालत पाटन ललितपुरको मिति २०७८ साल मंसिर १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ९ हजार रुपैयाँ जरीवाना र ४ दिन कैद सजाय तोकी फरार रहेका भुजेललाई अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कैद सजाय र जरीवाना भुक्तानका लागि शुक्रबार काठमाडौं जिल्ला अदालत उपस्थित गराईएको जनाइएको छ ।
