आगलागीमा एक वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १०:३४
सांकेतिक तस्वीर

ताप्लेजुम । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बू रहेका छन् ।

शुक्रबार बिहान ८ बजे लागेको आगोमा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।