समाचार
राज्यमन्त्री प्रजाद्वारा मनहरी–मलेखु सडकको अवलोकन
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी–मलेखु सडकखण्डको स्थलगत अवलोकन गरेका छन् । मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट–रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिृकृत देवचन्द्र गर्तौलासहितको टोलीले...
बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभाको बैठक निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको हो । दिउँसो १ बजेको लागि बोलाइएको बैठक दलहरु बीच कार्यसूचिमा सहमती नजुट्दा निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको हो । बिहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको...
रिलायन्सद्वारा श्रेष्ठ र फुयाल सम्मानित
मकवानपुर । रिलायन्स आवासीय माध्यमिक विद्यालयले संस्थापन प्राचार्य केशवलाल श्रेष्ठलाई सम्मान गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका श्रेष्ठलाई आइतबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । श्रेष्ठसँगै प्याब्सन बागमतीको प्रदेश सचिवालय सदस्य तथा लेखा समिती संयोजकमा निर्वाचित...
हेटौंडामा कांग्रेस प्रवेशको लहर
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मकवानपुरमा कांग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको छ । एक साता अघि एक दर्जन युवाहरु कांग्रेस प्रवेश गरेको हेटौंडा–८ कमानेमा शनिबार ७५ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार हेटौंडा–८ नम्वर वडा समितिद्वारा आयोजित कांग्रेस मकवानपुरका नवनिर्वाचित कार्य समितिलाई स्वागत तथा...
राक्सिराङको खैराङमा झोलुङ्गे पुलको शिलान्यास
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थित खैराङमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । डन्टारदेखि कोटेबाङ जोड्ने १२० मिटर लम्बाईको झोलुङ्गे पुलको शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् । करिब ५८ लाख लागतमा निर्माण हुने झोलुङ्गे पुल अबको...
बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । नेकपा एमालेको अवरोधका कारण अनिश्चित बन्दै आएको प्रदेशसभा बैठक करिब ३ महिनापछि आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेको लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशन बैठक यसअघि पटक–पटक...
कांग्रेसको एक महिने चुनावी अभियान आजबाट सुरु
काठमाडौं । नेपाली कांग्रेसको स्थायी तहको निर्वाचनलाई लक्षित गरी आजबाट एक महिने चुनावी अभियान सुरु गर्दैछ । कांग्रेसले आजबाट देशभरका ७७ वटै जिल्लामा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित चुनावी अभियान सुरु गर्ने भएको हो । चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला–जिल्लामा खटिइसकेका छन् । यस अभियानको क्रममा पार्टीका...
प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष पदमा पुनः गणेश बस्नेत चयन भएका छन् । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनले अध्यक्ष पदमा बस्नेतलाई चयन गरेको हो । त्यसैगरी, उपाध्यक्षहरुमा क्रमशः गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर, महासचिवमा हिरामान लामा, उपमहासचिवमा राजु सुवेदी...
कांग्रेस सिन्धुपाल्चोक : सभापतिको लागि पुनः निर्वाचन हुने
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुने भएको हो । दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुनेछ...
हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा शनिबार साँझ एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित पिप्ले रंगशालामा मुख्यमन्त्री पाण्डेले धावक...









