समाचार

नवोदयको ‘म्याथ क्याम्प फायर’

मकवानपुर । नवोदय म्याथ क्लबले आइतबार अन्तर्राष्ट्रिय पाइ डे (मार्च १४) का दिन ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा रहेको म्याथ क्लबले अन्तर्राष्ट्रिय पाइ डे मार्च १४ मा र असार १४ गते म्याथ क्याम्प फाइर...

बागमती सरकारले बजेट कार्यान्वयन गर्न सकेन – केशवराज पाण्डे

मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री केशवराज पाण्डेले बागमती सरकार बजेट कार्यान्वयन गर्न डराएको आरोप लगाएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग प्रतिस्पर्धा गर्न डराएको भन्दै टिप्पणी गरे । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ल्याएको बजेट कार्यान्वयन गर्नबाट हालका...

मकवानपुरको भीमफेदीमा देखियो बर्डफ्लु

मकवानपुर । मकवानपुरमा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पतालले जनाएको छ । विज्ञ केन्द्रका अनुसार जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २, आँपचौर स्थित एक कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो । त्यस क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरीहेर्दा बर्डफ्लु एच फाइब एन वान नामक भाइरस...

बागमती सरकार स्वेच्छाचारी ढंगबाट अघि बढ्यो –अष्टलक्षी शाक्य

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश सरकार स्वेच्छाचारी र संविधान विरोधी गतिविधिमा अग्रसर भएको आरोप लगाएको छ । सोमबार प्रदेशसभा बैठकमा प्रदेश संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले बागमती सरकार जनहितका काम गर्नेतर्फ नभई स्वेच्छाचारी ढंगबाट संविधान विरोधी गतिविधिमा अगाडि बढेको आरोप लगाइन् । उनले सरकारले आफ्ना...

एक दिवसीय वन डढेलो सम्बन्धी तालिम

मकवानपुर । हेटौंडाको हटियामा रहेको चुरेकालीलेक सामुदायिक वनमा एक दिवसीय वन डढेलो नियन्त्रण सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिम सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको हो । सुख्खा याममा लाग्ने वन डेढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ र वन डढेलो लाग्दा हुने क्षति...

१ लाख म्यादी प्रहरी भर्ना लिन अर्थ मन्त्रालयको अनुमति

काठमाडौं । अर्थ मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन अनुमति दिएको हो । २०७९ बैशाख ३० मा हुने...

तनहुँ दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्वर २ मा आइतबार दिउँसो भएको दुर्घटनामा परेर मृत्यु भएका सबै जनाको पहिचान खुलेको छ । आबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ग ३ च ६०१२ नम्वरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग २ ख ३०७ नम्वरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका...

बागमती प्रदेश प्रथम पुरुष फुटबल : आज दुई खेल हुँदै

मकवानपुर । बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएको छ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा भइरहेको प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको पहिलो खेल रामेछाप र...

प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा हुने

मकवानपुर । नेपाली कांग्रेस निकट पत्रकारहरूको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा हुने भएको छ । युनियनको आइतबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने गरी मिति तोकिएको हो । युनियनको...

मकवानपुरमा ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेस मकवानपुरले आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको सुरु गरेको हो । कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर एकसाथ भर्चुअल मार्फत अभियानको सुरुवात घोषणा गरेका...