मकवानपुरमा ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार ०९:१७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेस मकवानपुरले आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको सुरु गरेको हो ।

कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर एकसाथ भर्चुअल मार्फत अभियानको सुरुवात घोषणा गरेका थिए । कार्यक्रम केन्द्रीय प्रतिनिधि गुरुप्रसाद घिमिरेको प्रमुख अतिथ्यता तथा मकवानपुर जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला पूर्व सभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पूर्व उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्लाका पदाधिकारी, संघीय तथा प्रदेश क्षेत्रका सभापतिलगायत नेतृत्वहरुको आतिथ्यता रहेको थियो ।