बागमती सरकारले बजेट कार्यान्वयन गर्न सकेन – केशवराज पाण्डे
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री केशवराज पाण्डेले बागमती सरकार बजेट कार्यान्वयन गर्न डराएको आरोप लगाएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग प्रतिस्पर्धा गर्न डराएको भन्दै टिप्पणी गरे ।
पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ल्याएको बजेट कार्यान्वयन गर्नबाट हालका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकार पछि हटेको उनले आरोप लगाए । हामीले ल्याएको सुरुङ मार्ग र विद्युती बस सञ्चालनको योजना जायज भएपनि राजेन्द्र पाण्डेले मुख्यमन्त्री बन्नकै लागि अन्यत्र धाउने र आफुहरुले ल्याएको राम्रा योजना कटौतनी गरेको भन्दै आपत्ती जनाए । पाण्डेले वर्तमान सरकारलाई विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले प्रदेश संरचना बनाउन संघीय सरकारलाई आझै पत्र लेख्न सुझाव पनि दिए ।
