समाचार
कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर लामा
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानबाट संस्थापन इतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गर्दै लामा सभापतिमा निर्वाचित भएका हुन् । जम्मा १ हजार ७ सय ८७ मत खसेकोमा लामाले ९ सय १२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बंशलालले...
मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वठा नम्वर २ स्थित भैसेबाट २ किलो २०० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार प्रहरी चौकी भैंसबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्ने क्रममा...
सातबुँदे बकैया घोषणापत्र जारी गर्दै कला साहित्य–महोत्सवको समापन
मकवानपुर । आफ्नो स्थापनाको २९ औँ वार्षिकोत्सवका अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको र्दुइ दिने बकैया–कला साहित्य महोत्सव–२०७८ सातबुँदे बकैया घोषणापत्र जारी गर्दै समापन भएको छ । महोत्सवमा ६ प्रदेशका २० जिल्लाका तथा स्थानीय साहित्यकर्मी, कलाकर्मी, सङ्गीतकर्मी, स्थानीय संस्कृतिकर्मी तथा स्थानीयहरू गरी सयौँको उल्लेखनीय उपस्थिति रहेको थियो...
दुर्घटनामा परेर ३ जनाको मृत्यु
तनहुँ । तनहुँमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्वरको बस र विपरीत दिशाबाट...
बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नौं अधिवेशन अन्तर्गतको आज २ वटा बैठकहरु संचालन भएको थियो । आज बसेको पहिलो बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद शर्मा पाण्डेले नेकपा एमालेले उठाएको राष्ट्रिय...
डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन : सांसद् श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका सांसद् विराजभक्त श्रेष्ठले डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन भएको बताएका छन् । सांसद श्रेष्ठले आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ संशोधनको लागि बनेको विधेयकमाथिको छलफलको क्रममा डोजरे विकास कायम रहेसम्म बागमती प्रदेश सरकार आक्रान्त भइरहेने बताए । ‘विपद्को मुख्य...
हेटौंडाका तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आज (आइतबार) बिहान लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकखण्डबाट १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने २९ वर्षीय बुद्धिमान...
बागमती प्रदेशसभा बैठक : २ वटा विद्येयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा २ वटा विद्येयक पारित भएको छ भने ३ वटा ऐन संशोधनका विद्येयकहरु पेश भएको छ । बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित गरेको हो । बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित...
दुई युवक मकवानपुुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सडकखण्डबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका वडा नम्वर ८ बस्ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका वडा नम्वर...
‘अघिल्लो सरकारले काम नगर्दा एउटै भवनमा धेरै मन्त्रालय राख्नु पर्यो’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ४ वर्ष मुख्यमन्त्री बनेका डोरमणि पौडेलको सरकारले प्रादेशिक संरचना निर्माण नगरेकै कारण एउटै भवनमा धेरै मन्त्रालय राख्नु परेको बताएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेकपा एमालेले उठाएका प्रश्नको जवाफ दिँदै यसअघिका सरकारले काम नगर्दा र विगतका संरचनामा...










