कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर लामा
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानबाट संस्थापन इतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गर्दै लामा सभापतिमा निर्वाचित भएका हुन् ।
जम्मा १ हजार ७ सय ८७ मत खसेकोमा लामाले ९ सय १२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बंशलालले ८ सय ४८ मत प्राप्त गरेका थिए । सभापति लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् ।
पहिलो चरणको मतदानमा डा. प्रेमध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए । उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए । सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो ।
