‘अघिल्लो सरकारले काम नगर्दा एउटै भवनमा धेरै मन्त्रालय राख्नु पर्यो’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ४ वर्ष मुख्यमन्त्री बनेका डोरमणि पौडेलको सरकारले प्रादेशिक संरचना निर्माण नगरेकै कारण एउटै भवनमा धेरै मन्त्रालय राख्नु परेको बताएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेकपा एमालेले उठाएका प्रश्नको जवाफ दिँदै यसअघिका सरकारले काम नगर्दा र विगतका संरचनामा नै बस्नु पर्ने बाध्यताका कारण एउटै भवनमा मन्त्रालयहरु राख्नुपर्नेको बताएका हुन् ।
लामो समय सरकार चलाएका पौडेलले प्रादेशिक संरचना निर्माण नगरेकै कारण एउटै भवनमा धेरै मन्त्रालय राख्नु परेको बताए । उनले भने,‘हामी आएपछि संरचना निर्माणका लागि जग्गाको पहिचान गरेर संघीय सरकारलाई पठाइसक्यौं । तर, ४ वर्ष सत्ताको नेतृत्व गरेका पौडेलले नेतृत्वको सरकारले के गर्यो ?’
‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको.लागि एक टुक्रा जमिन नहुँदा अर्काको स्वामित्व रहेको जग्गामा घर बनाएर पठाउन सुरु भएको गरिएको छ । तर, भोलिको दिनमा त्यहा बस्न दिनेकी नदिने अन्यौलता छ । भोली जग्गाम वालाले नबस भनेको दिन त्यो भवन कहाँ उठाएर लाने ।’ उनले भने । अव्यवस्थित रुपमा वितरण भएको बहुवर्षे योजनाहरुको नियमनको लागि सरकारले कार्यविधी तयार पारेर त्यसैअनुसार कार्यान्वयनमा जाने नीति लिएकाले यसबाट १३ वटै जिल्लामा ति योजनाहरु छनौट तथा कार्यान्वयनमा सहज हुने उनले बताए ।
औद्योगिक क्षेत्रको उचित व्यवस्थापन र संरक्षका लागि उद्योग मन्त्रालयले काम गरेको उनले बताए । उनले बालाजु औद्योगिक क्षेत्रमा सरकारी जमिन नीजि क्षेत्रले कब्जा गरेको अवस्था रहेकाले त्यसको संरक्षण र विकासमा काम गर्ने उद्देश्यले प्रदेश सरकार मतहत ल्याउने पहल गरिएको बताए । ‘सरकारले पजुल खर्च गर्यो भन्ने हल्ला छ । सरकार खर्च गर्न बनेको हो । जनताको पक्षमा काम गर्न गरेको खर्च पनि फजुल हुन्छ कही । जनतालाई सेवा दिने काममा सरकारले खर्च गरेको हो दुरुपयोग गरेको होइन ।’ उनले भने ।
‘१९ अर्बको सुरुङ मार्गको लागि ७० करोड बजेट राखिएको छ । यसले सुरुङ बन्छ त । स्रोत सुनिश्चितता खै । विद्युती बसको योजनामा पनि त्यस्तै, अवस्था छ । पहिले पूर्वाधार निर्माण गरेर बस ल्याउनु पर्छ । त्यसैले ति योजना रोकेको हो । बजेट फ्रिज गरे राख्नु हुदैँन । अहिलेसम्म बजेट चलाएका छैनौं । अब चलाउँछौं,’ उनले बताए । ५ दलको गठबन्धमा रहेर सरकारको नेतृत्व गरिरहेको व्यक्ति आफ्नो पार्टीको कमिटी नभएका क्षेत्रमा बजेट दिन्न भन्न सक्छ र ? उनले प्रश्न गरे । प्रतिपक्षले योजना ल्याएदिने जो कोहीले बजेट पाउँने भन्दै मुख्यमन्त्री पाण्डेले दिएका योजनाहरु कार्यविधी अनुकुल हुनु पर्ने बताए ।
