तनहुँ दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

तु खबर संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार ०९:५७
सांकेतिक तस्वीर

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्वर २ मा आइतबार दिउँसो भएको दुर्घटनामा परेर मृत्यु भएका सबै जनाको पहिचान खुलेको छ । आबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ग ३ च ६०१२ नम्वरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग २ ख ३०७ नम्वरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर सुमोमा सवार तनहुँ शुक्ला गण्डकी–८ घर भएका ओमप्रकाश गुरुङ, रुद्रबहादुर सेन र लक्ष्मी कुमारी शाहीको मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका ६ जनाको चितवनमा उपचार हुँदैछ । घाइतेमध्येका दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् । बस चालक अनिल बयलकोटीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।