बागमती प्रदेशसभाको बैठक सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १४:२३

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभाको बैठक निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको हो । दिउँसो १ बजेको लागि बोलाइएको बैठक दलहरु बीच कार्यसूचिमा सहमती नजुट्दा निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको हो ।

बिहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकमा कार्यसूचिको विषयमा सहमती नजुट्दा ढिला हुन गएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक संचालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सहमती जनाएपछि प्रदेशसभाको आज बस्ने बैठकको कार्यसूचिमा तय भएको छ । एमालेले यसअघिका बैठकहरुमा अवरोध गर्दै आएको थियो ।

आजको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विषेश समय माग गरेर एमालेले उठाएका विषयमा जवाफ दिने कार्यसूची रहेको छ । एमालेले उठाएका विषयमा मु्ख्यमन्त्री पाण्डेको जवाफ उचित लागेमा मात्र सदन चल्न दिने एमाले स्रोतले बतायो । बागमती प्रदेशसभामा आज एकैदिन ३ वटा बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।