पर्यटन मन्त्री श्रेष्ठलाई मातृशोक, कांग्रेसद्वारा दुःख व्यक्त
मकवानपुर । बागमती प्रदेशका संस्कृती तथा पर्यटन मन्त्री एवव् नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी माता रुपदेवी श्रेष्ठको बुधबार उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
रुपदेवी श्रेष्ठको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा जारी शोक वक्तव्यमा ‘प्रजातन्त्रवादी नेतृ रुपदेवी श्रेष्ठको निधनको दुःखद घडीमा संसदीय दल उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ ।’ भनिएको छ । संसदीय दलले श्रेष्ठ परिवार एवम् आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
उनको निधनले नेपाली कांग्रेसले एक निष्ठावान कार्यकर्ता र समाजले सामाजिक व्यक्तित्व गुमाएको जनाउँदै उनको लोकतन्त्रप्रतिको निष्ठाले पार्टी र समाजलाई लोकतन्त्रको संरक्षण एवम् सम्बद्र्धनका साथै उन्नती र प्रगतिको पथमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास संसदीय दलको रहेको जनाइएको छ ।
