हेटौंडा आउँदै गरेको बोलेरो दुर्घटना, चालकको अवस्था गम्भीर
मकवानपुर । हेटौंडा काठमाण्डौ जोड्ने छोटो दुरीको सडकखण्ड अन्तरगत इन्द्रसरोवर गाउँपालिकास्थित सडकमा बोलेरो गाडी दुर्घटना
भएको छ । मंगलबार बिहान काठमाण्डौबाट हेटौंडा आउँदै गरेको प्र–०३–०१–२४ च ६१८५ नम्बरको बोलेरो इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ हेभी भन्ने ठाउँमा अनियन्त्रित भएर सडकबाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरोका चालक सिन्धुपाल्चोक जिल्ला घर भएका विजय तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते तामाङलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । कार्यलय मकावानपुरले जनाएको छ ।
