समाचार
बागमती प्रदेश प्रमुख र नेपाली सेनाका मध्य कमाण्डका उपरथीबीच शिष्टाचार भेटवार्ता
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र नेपाली सेनाका मध्य कमाण्ड पोखराका उपरथी बाबुराम श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो । भेटका क्रममा प्रमुख शर्माले आम नागरिकको सेवाका लागि देशको आर्मीले सक्रियतापूर्वक महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरे । ‘नागरिकको...
एमालेको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टीका अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक...
स्थानीय चुनावमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने
काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि प्रहरीको संख्या थोरै हुने भएपछि प्रहरी प्रधान कार्यालयले सुरक्षाको जिम्मा सशस्त्र प्रहरी र सेनालाई दिन प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमामा मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र...
देशभर थपिए ८३ कोरोना संक्रमित, भए १३० जना संक्रमणमुक्त
काठमाडौं । देशभर ८३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ८४ जनाको कोरोना परीक्षण गर्दा उनीहरुममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ७ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ५७...
फेसबुकमा जातीय विभेद हुने स्टाटस लेख्नेलाई दुई महिना जेल
धनगढी । जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई उच्च अदालत दीपायलले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक संजाल (फेसबुक) मा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको...
साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा दुई देशबीच रहदैआएको सम्बन्ध, आपसी हित र चासोका...
दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने पक्राउ
काठमाडौं । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक कोरियन नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट सोमबार पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–७ चावहिलस्थित ओके...
स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा मिश्र
मकवानपुर । स्पोर्टस् यूनियन नेपाल, मकवानपुरको संयोजकमा नवीन मिश्र चयन भएका छन् । सोमबार भएको अन्तरक्रिया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको सदस्यहरुमा क्रमशः अमृत मिश्र, सन्ध्या आचार्य, आस्था ढुङगेल, सन्देश राई, छिरिङ लामा थिङ, अमृता मुक्तान, संजिव मिजार, सागर लामा, रमन...
मंगलबार १७ अंकले घट्यो शेयर बजार, ३ अर्बमाथिको कारोबार
काठमाडौ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घट्न पुगेको छ । सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक अर्थात् शुन्य दशमलव ६४ प्रतिशतले घटेर २६५०...
स्थानीय निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशत मत ल्याउने ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत मत ल्याएर जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बेठकलाई सम्बाृधन गर्दै अध्यक्ष ओलीले सो कुराको दाबी गरेका हुन् । ओलीले भने, ‘स्थानीय निर्वाचनमा हामी ६० देखि...










