समाचार
मकवानपुरमा ९० बिगाह जग्गामा लगाइएको अफिम खेती नष्ट
मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानअन्तर्गत गत फागुन ३० गतेदेखि बुधबारसम्म जिल्लाको विभिन्न स्थानमा ९० बिगाह जग्गामा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार...
नवोदय शिशु सदन अंग्रेजी विद्यालयमा बुक टक
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा बुधबार पुस्तक परिचर्चा (बुक टक) भएको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थीले किताब अध्ययन गरी ‘लेभल–३’ मा पुग्न सफल भएका ११ जना विद्यार्थीले आफूले पढेको पुस्तकको बारेमा परिचर्चा गरेका हुन् । कार्यक्रम नवोदय...
ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नवनिर्मित भवन उद्घाटन
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ मा रहेको ईलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । उक्त भवनको बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्ति, सुरक्षा कायम गर्न...
नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसना सुनाएको हो । नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको रिट निवेदकमध्येका एक...
हेटौंडामा प्रदेश कृषिगणना कार्यालयको स्थापना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा प्रदेश कृषिगणना कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकार राष्ट्रिय कृषिगणना–२०७८ का लागि केन्द्रीय तथ्यांक विभागले मंगलबार हेटौंडामा उक्त कार्यालयको स्थापना गरेको हो । कार्यालयले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण संकलन गरिने प्रदेश कृषिगणना अधिकृत राजेश दासले...
हेटौंडाको बालज्योति माविलाई १४ हजार थान मास्क सहयोग
मकवानपुर । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमतीले बालज्योति माध्यमिक विद्यालयलाई मास्क सहयोग गरेको छ । स्काउट बागमतीले बुधबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित उक्त विद्यालयलाई १४ हजार थान मास्क हस्तारण गरेको हो । कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथामका लागि मास्क सुनिश्चितता कार्यक्रम अन्तरगत पहिलो चरणमा...
एमालेले संसदीय दलको बैठक बोलायो
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बुधबार (आज) दिउँसो ३ बजेको लागि आह्वान गरेको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार, बैठक नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।...
३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान
काठमाडौं । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार दरखास्त आह्वान भएको लोकसेवाले जनाएको छ । आयोगले खुल्लामा १६५, महिलामा ४५,...
रुसले अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीमाथि प्रतिबन्ध लगायो
काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसले राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी...
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१० भत्केकोपाटीमा गएराति रोकीराखेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सडक छेउमा रोकीराखेको बा ५ ख ४७६७ नम्वरको टिपरको पछाडि प्रदेश–३–०२–००२ प ८२९५ नम्वरको मोटरसाइकल ठोेक्किएर दुर्घटना हुँदा चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा भक्तपुर नगरपालिका–७ इनाचो...










