एमालेले संसदीय दलको बैठक बोलायो
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बुधबार (आज) दिउँसो ३ बजेको लागि आह्वान गरेको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार, बैठक नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेम्वाङले भने, ‘अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो ।’
