समाचार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर–१ झेदीमा लु ३ त २८३३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक इस्मा गाउँपालिका वडा नम्वर–६ निवासी ३१ वर्षीय रेशम कुमाल रहेको जिल्ला...
५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मकवानपुर । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । बढेको मूल्यअनुसार अब...
होली पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालीहरुले तराई तथा पहाडमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा (होली) को शुभकामना दिएका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै होली पर्वको अवसरमा स्वदेश तथा प्रवासमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी...
प्रदेश प्रमुख शर्माद्वारा फागु पर्वको शुभकामना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागु पर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (बिहीबार) र तराईका जिल्लाहरुमा भोलि शुक्रबार मनाइदै गरिएको...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चैत्र १२ गते हेटौंडा आउने
मकवनपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा यही चैत्र १२ गते हेटौंडा आउने भएका छन् । महामन्त्री शर्मा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ (ख) को आयोजनामा हुने एक दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन हेटौंडा आउने भएको क्षेत्रीय सचिव गोर्कण सुवेदीले जानकारी दिए । उनका अनुसार, चैत्र १२ गते...
वडाध्यक्ष र वडासचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्च महानगरपालिका–१४ का वडाध्यक्ष र वडासचिवसहित ६ जनाविरुद्ध बुधबार भ्रष्टाचार दायर गरेको छ । आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडासचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरुमाथि घर–बाटो सिफारिस,...
बागमती प्रदेश प्रमुख र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्षबीच भेटवार्ता
मकवानपुर । बागमती प्रदेश प्रमुखयादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार भेटवार्ता भएको हो । भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका थिए । अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३...
स्थानीय निर्वाचन : साना दलहरुले आफ्नो चुनाव चिह्न पाउने
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा साना दलहरुले आफ्नो चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएको हो । राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो...
देशभरका ८२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार १ सय ७२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो अवधिमा ४ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण...
मकवानपुर प्रहरीद्वारा लागूऔषध र मोटरसाइकल बरामद
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध र मोटरसाइकल बरामद गरेको छ । प्रहरीले बुधबार दिउँसो कैलाश गाउँपालिका वडा नम्वर ७ रतुवास्थित भित्री ग्रामीण सडकखण्डबाट लागूऔषध अफिम र मोटसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त लागूऔषध विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले...










