होली पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालीहरुले तराई तथा पहाडमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा (होली) को शुभकामना दिएका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै होली पर्वको अवसरमा स्वदेश तथा प्रवासमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका हुन् ।
मुख्यमन्त्री पाण्डेले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा सहयोग पुग्ने बताए ।
उनले असत्य माथि सत्य र खराब माथि असल पक्षले विजय हासिल गरेको रुपमा लिइने होली पर्व देशभर हर्षोल्लास पूर्वक मनाइने राष्ट्रिय पर्वमा खेलिने रङ्गहरुको यो पर्वले सबैको जीवनलाई रङ्गिन र उल्लासमय बनाउन, जीवन प्रति आत्मविश्वास बढाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे । उक्त चाड पर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सदभाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
हेर्नुहोस् शुभकामना सन्देश ।
