समाचार
कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय
काठमाडौं । कक्षा १२ को परीक्षा २०७९ जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि संचालन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘जेठ १६ देखि कक्षा १२ को परीक्षा संचालन गर्ने निर्णय भयो,’ उनले...
पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार (आज) अदालतले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि दिइएको ७ दिन र...
थपिए ५१ कोरोना संक्रमित, भए ३९२ संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय १४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय ९२ जनाको पीसीआर र...
हेटौंडामा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र खारेजको माग गर्दै विरोध प्रदर्शन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२, १३ र १४ का स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै विरोध प्रर्शन गरेका छन् । मानव बस्ती क्षेत्रलाई नै प्रभावित पार्ने गरी निकुञ्ज क्षेत्रको विस्तारले मानवीय सुरक्षा नै नरहेको भन्दै स्थानीयहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् । प्रभावित वडाका संर्घष...
स्थानीय तह निर्वाचन : बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार, उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । यस्तै, आयोगले उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक...
हेटौंडामा ३ दिने नेतृत्व विकास तालिम सुरु
मकवानपुर । हेटौंडामा ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम युवा परिसद् मकवानपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको हो । उक्त तालिम बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । तालिममा हेटौंंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा स्तरीय युवा क्लबका ६० जना पदाधिकारी...
हेटौंडा–८ को कार्यालयमा तालाबन्दी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले शुुक्रबार कार्यालयमा ताला लगाएको हो । उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् । सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम...
अख्तियारद्वारा घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध घुस लिएर लाइसेन्स दिएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा,...
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । रिटमाथि अब आगामी बुधबार सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता...
होली खेल्ने क्रममा घरको छतबाट खसेर खड्काको मृत्यु
काठमाडौं । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छतबाट खसेर खड्का गम्भीर घाइते...










