समाचार

ट्याक्टरबाट खसेर कार्कीको मृत्यु

काठमाडौं । भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ९ बजे काठमाडौंबाट भक्तपुर जाँदै गरेको ना ७ त २७७४ नम्वरको ट्याक्टरबाट खसेर एक जना पुरुषको मृतयु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा उदयपुरको गाइघाट घर भई हाल ललितपुरको इमाडोल...

मकवानपुरकी वाईबा पक्राउ

चितवन । पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरी शर्मिला वाईबा रहेकी छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट पक्राउ गरेको हो । वाइवामाथि पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको आरोप छ ।...

घेदुङको केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका ३ जनालाई सम्मान

मकवानपुर । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका मकवानपुरका तीन जनालाई सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच संघीय समिति निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका तीन जनालाई सम्मान गरेको हो । घेदुङ मकवानपुरले केन्द्रीय सदस्यमा निवार्चित भएका मेम्बर लो, लक्ष्मि पाख्रिन र...

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा खड्गी

मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद परिषदको बैठकले खड्गीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा एक कार्यक्रमको आयोजना गरी परिषद्का सदस्य सचिव सुर्यलाल...

मकवानपुरको छतिवनमा कांग्रेसको टोल समिति गठन

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ गरगरे छतिवन तामाओलामा नेपाली कांग्रेसको टोल समिति गठन भएको छ । कांग्रेस मकवानपुरले खटाएको पार्टी प्रतिनिधि गोबर्धन गौतमको संयोजकत्वमा शुक्रबार टोल समिति गठन गरेको हो । श्यामबहादुर राइको अध्यक्षतामा १७ सदस्यीय टोल समिती गठन गरिएको हो । यसैगरी, समिति सचिवमा पुस्कल...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनुका साथै देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । रुकुम (पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–१२ को गर्खानीमा रा १ च ३३७३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । प्रहरीका अनुसार, मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा परेर...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म संचालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले...

विजयी मण्डलीको ५० औं महोत्सव सम्पन्न

मकवानपुर । मकवानपुरको पुरानो चर्च विजयी मण्डलीको ५० औं स्वर्ण महोत्सव सम्पन्न भएको छ । कार्यक्रम चर्चका संस्थापक अध्यक्ष मानबहादुर थिङको सभाध्यक्षता तथा एनसीएफ नेपालका अध्यक्ष हनोक तामाङको प्रमुख आतिथ्यतामा भएको हो । विजयी चर्चको प्राङ्गनमा भएको कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने र इसाई क्षेत्रमा योगदान पुर्याउने विभिन्न...

सुपिङका जेष्ठ नागरिकलाई सुरक्षास्वर महादेव खैजडी भजन समूहको सम्मान

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर– ५ सुपिङ्का ७२ जना जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरिएको छ । सुरक्षास्वर महादेव खैजडी भजन समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट आज वडाका ७२ जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी भोजन गराउनुको साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही कार्यक्रममा...