ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार ०८:३०

दाङ । रुकुम (पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–१२ को गर्खानीमा रा १ च ३३७३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा परेर गम्भीर घाइते भएका ती पुरुषलाई उपचारको लागि रुकुमकोट अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । उक्त दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । दुबैको रुकुम (पूर्व) अस्पततालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।