ट्याक्टरबाट खसेर कार्कीको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार १०:१३
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ९ बजे काठमाडौंबाट भक्तपुर जाँदै गरेको ना ७ त २७७४ नम्वरको ट्याक्टरबाट खसेर एक जना पुरुषको मृतयु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा उदयपुरको गाइघाट घर भई हाल ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की रहेका छन् । कार्की बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट एक्कासी सडकमा खसेका गम्भीर घाइते भएका थिए । घाइते उनलाई समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले ट्याक्टरका चालक झापाको कन्काई नगरपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।